
पर्सा प्रहरीद्वारा पक्राऊ परेका
तत्मा र कथित पत्रकार हरिशंकर शर्मालाई अपहरण तथा शरीर बन्धक कसुरमा प्रहरीले ७ दिनको म्याद भएको छ ।
पर्सा प्रहरीले आइतवार पक्राऊ गरेका सन्तोष दास तत्मा र कथित पत्रकार हरिशंकर शर्मालाई सोमबार सम्मानित जिल्ला अदालत पर्साबाट अपहरण तथा शरीर बन्धक कसुरमा ७ दिनको म्याद थप गराई थप अनुसन्धानकार्य अगाडि बढाएको छ ।
तत्मा र पत्रकार शर्मा सहितका केही व्यक्तिहरुले रौतहटको कटहरिया नगरपालिका निवासी शेख सा महमदलाई मंसिर ७ गते नै अपहरण गरी सुरुमा ५ लाख अपहरण कारीले फिराैती रकम मागेका थिए ।
अपहरित पिडित सा महम्मदले
दिने असमर्थता जनाए पछि २ लाख मंसिर ९ गते दिने भनी सहमति भएको थियो ।
सहमति गरी पिडित अपहरित महम्मदले उम्के पछि पर्सा प्रहरीमा निवेदन दिइ प्रहरीको निगरानीमा फिरौती वापतको पहिलो
किस्ताको रकम पचास हजार दिन जादाँ अपहरणकारीहरुले रकम बुझेर फिर्ता हुने क्रममा पक्राऊ परेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले अपहरणमा प्रयोग भएको मधेश प्रदेश ०३-०२५ प ३९८० नम्बरको निलो रङ्गको २२० सिसिको पल्सर मोटरसाइकल र रातो कालो रङ्गको भारतीय नम्बरको बिआर०५ एयु ९७४५ को एनएस मोटरसाइकल तथा रुपैयाँ सहित बीरगंजको ईनर्वा गाउँबाट अपहरणकारीहरु तत्मा र शर्मा पक्राऊ परेको प्रहरी नायब उपरीक्षक डिएसपी सूचना अधिकारी किशोर लम्सालले बताएका छन् ।
अवैधानिक र विवादित संगठन समाजबादी प्रेस संगठन पर्सा शाखाको उपाध्यक्ष रहेका कथित पत्रकार शर्माले संगठनको नाम लेखेको प्रेस ज्याकेट र उनी
आफ्नै मोटरसाइकल अपहरण र फिरौतीको रकम बुझ्ने कार्यमा प्रयोग गरेका थिए ।
लामो समय देखि पत्रकारिताको खोल ओढी बजारमा ठगी गर्दै आएका शर्माको असली चरित्र पर्साका प्रहरीले प्रमाण सहित पक्राउ गरेको छन् ।
शर्मालाई प्रहरीले पक्राउ गरे
पछि उज्यालो जस्तो घाम लागिएको जस्तै छर्लङ्ग
भएको छ।
पर्सा प्रहरीको प्रसंशानीय कार्यले जान मान खुशी पैदा गरेकाे सचेत नागरिकहरुको भनाई
रहेको छ।
पक्राऊ परेका शर्मा बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं.१ घर भई हाल वीरगंज महानगरपालिका वडा नं.१६ निवासी मोहन ठाकुर बढैको छोरा हरिशंकर शर्मा रहेको छन् ।
भने तत्मा बीरगंज महानगरपालिका वडा नं.१६ इनर्वा टोलका
निवासी सन्तोष दास तत्मा पक्राउ परेका छन् ।