
नेपाल प्रहरीका आठजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।आइतबार बसेको बढुवा समितिको बैठकको निर्णयानुसार प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी नायव महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस हो ।
सिफारिस हुनेमा ध्रुबराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक छन् ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको ब्याचका तीन जना र राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा ल्याइएको टोलीबाट ५ जना डीआईजीमा बढुवा
भएका छन् ।