



राैतहट जिल्लाको सदरमुकाम गाैर प्रादेशिक अस्पताल गौरमा रहेको नवजात शिशुलाई आज सम्मानित जिल्ला अदालत रौतहटको निर्णय अनुसार जिल्ला रौतहट साविक गा.वि.स. जेठरहिया वडा नं.८ हाल ऐ. परिवर्तित यमुनामाई गाउँपालिका वडा नं.१ बस्ने रघुनाथ सहनी मलाह र अनिता कुमारी संरक्षकलाइ प्रादेशिक अस्पताल गौरको टिम द्वारा हस्तान्तरण गरिएको छ ।