Monday, June 30, 2025

सर्वोच्च अदालतको बोर्डमा मसी छ्याप्ने विनु यादव पक्राउ ;

ताजा / भरखरै प्राप्त

सर्वोच्च अदालतको बोर्डमा कालो रं‌गका मसी छ्याप्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
सर्वोच्च अदालतको
बोर्डमा कालो रंग छ्यापेर विरोध प्रदर्शन गर्ने विनु यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
कालो साडी लगाएर इन्ड्राइभमा एक्लै आएकी बिनुले प्रहरीको आँखा छल्दै एउटा बोतलमा ल्याएको कालो रंग सर्वोच्चको बोर्डमा
फालेकी थिइन् ।

यादवले आफू घरेलु हिंसा पीडित भएको बताउँदै आएकी छन् ।

यादवसँग विवाह गरेका रामेछापका एक युवकले सम्बन्ध बिच्छेदको
मुद्दा दर्ता गराएका थिए ।अदालतले सम्बन्ध बिच्छेदको फैसला सुनाएपछि उनले
अदालत परिसरमै विष सेवन समेत गरेकी थिइन् ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । प्रहरीले पछि बोर्डमा लागेको रंगको मसी
पानीले सफा गरेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles