


इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. १९ तिनताप्के स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा मनहरीबाट हेटौडातर्फ जादै गरेको प्रदेश ३-०१-०२४ च ३०५९ नं. को पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा चालक जिल्ला मकवानपुर राक्सीराङ गा.पा.वडा नं. ९ बस्ने बर्ष २० को मिलन घलान र सोही गाडीमा सवार ऐ.ऐ.बस्ने बर्ष २६ को दावा थिङलाई शंका लागि रितपुर्वक निजहरुको शरीर तथा पिकअप गाडी समेतको खानतलासी गर्दा गाडीको चालक बस्ने सिट मुनी लुकाई छिपाई गरी राखी ल्याईएको अवस्थामा ७१ किलो ७०० ग्राम लागूऔषध गाँजा फेला परेको हुदाँ उक्त लागूऔषध, पिकअप गाडी सहित निजहरु मिलन घलान र दावा थिङलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको छ ।