Tuesday, July 1, 2025

सुनसहित १ जना मानिस पर्सामा पक्राउ ;

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरीले वीरगन्जबाट एक युवालाई सुनको चोरी पैठारी गरेको आरोपमा पक्राउ गरेको छ । वीरगन्ज–१५ भेडीयाही निवासी २८ वर्षीय जयप्रकाशकुमार सोनारलाई बुधबार वीरगन्ज–८ लिंक रोडस्थित सानिमा बैंक अगाडिबाट पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले १ सय ७ ग्राम ८९ मिलिग्राम सुन फेला परेको जनाएको छ ।
सुनको तस्करी भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार दिउँसो ३ बजेर ४० मिनेटमा सोनारलाई पक्राउ गरेको हो ।
शंकास्पद रुपमा आउँदै गरेको ना ६२ प २७०५ नम्बरको मोटरसाइकल रोकी खानतलासी गर्दा सोनारले लगाएको कालो जिन्सको पाइन्टको खल्तीमा कागजमा बेरेर राखिएको उक्त परिमाणको सुन फेला परेको थियो ।
बरामद भएको सुन परीक्षणका लागि सुनचाँदी व्यवसायी संघ पर्सामा पठाइएकोमा संघको मंगलबार प्राप्त पत्रबाट उक्त बस्तु सुन रहेको र त्यसको बजार मूल्य १३ लाख ८८ हजार ४ सय ३६ रुपैयाँ रहेको भन्ने परीक्षण प्रतिवेदनबाट खुलेको छ ।सुनको साथमा सुनको खरिद बिक्रीको कागजात नरहेकाले उक्त सुन बोक्न प्रयोग भएको मोटरसाइकलको मूल्य एक लाख कायम गरी सोनारलाई थप अनसुन्धान तथा कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिएका छन्  ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles