Saturday, August 16, 2025

गाई मारेको आरोपमा झापामा चारजना मानिस पक्राउ ;

ताजा / भरखरै प्राप्त

पक्राउ पर्नेमा झापाको बारादशी गाउँपालिका वडा नम्बर ४ का ४६ वर्षीय पुदन आलम, उनकी श्रीमती ३९ वर्षीया कुरेसा खातुन, भारतको किसनगञ्ज घर भएका २० वर्षीय दिलवार हुसेन र उनकी श्रीमती १९ वर्षीय
महिदा खातुन छन् ।प्रहरीका अनुसार मंगलबार राति झापाको कन्काई नगरपालिका–३ का लीलाप्रसाद सिलवालले आफ्नो गोठमा बाँधिएको गाई हराएको बताएका
थिए ।
उनले राति १० बजेतिर इलाका प्रहरी कार्यालय सुरुंगामा गाई हराएको जानकारी गराएका थिए ।
जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका वडा नम्बर ३ टप्पु चोकस्थित लिला संग्रौलाको घरमा
डेरा गरी बस्ने उनीहरूले चोरिएको गाईलाई मारेर मासु खाएर फरार भएको पत्ता लगाएको थियो ।
तर, उनीहरू कोठाबाट भागिसकेका थिए । उनीहरूलाई मेचिपुलबाट भारततर्फ भागिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles