
सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई बिहीबार पोखराबाट काठमाडौं ल्याइएको छ ।लामिछानेलाई काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका
लागि ल्याइएको हो ।काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम ठगीबारे थप अनुसन्धान गर्न
उनलाई साँझ बुद्ध
एयरको उडानबाट काठमाडौं ल्याइएको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थलको आन्तरिक टर्मिनलबाट उनलाई सोझै जिल्ला प्रहरी कार्यालय परिसर भद्रकाली
लगिएको छ ।
सुरक्षालाई मध्यनजर
राख्दै जिल्ला प्रहरी परिसर क्षेत्र वरपर बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरिएका
लामिछाने हाल जिल्ला प्रहरी कार्यालय
कास्कीको हिरासतमा
छन् ।
लामिछानेलाई पछिल्लोपटक ९ मंसिरमा १५ दिन म्याद थप
भएको छ ।
लामिछानेसँगै छविलाल जोशी र कुमार रम्तेल पनि सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । उनीहरू पनि जिल्ला
प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।