आईजीपीको नाममा हेडक्वार्टरकै एसपीद्वारा १९ घुमुवा तराईमा परिचालन छन् ।
आईजीपीसा’बका घुमुवा भन्दै प्रहरी प्रधान कार्यालयमा कार्यरत एक एसपीले अवैध रुपमा घुमुवा परिचालन गरी असुली धन्दा चलाउँदै आएको खुलेको छ ।
उजुरी छानविन शाखामा कार्यरत एसपी प्रकाश मल्लले यस्तो धन्दा चलाएका हुन् ।
उनले परिचालन गरेका घुमुवाहरू विभिन्न काण्डमा मुछिएपछि वास्तविकता बाहिर आएको छ ।
जसकारण उजुरी छानविन शाखामा कार्यरत एसपी मल्ल आफैं छानविनमा तानिएका छन् ।
एसपी मल्लको संरक्षणमा रहेका हवल्दार रामविश्वास यादब १५ लाख बार्गेनिङ प्रकरणमा तानिएपछि, वास्तविकता बाहिर
आएको हो ।
लामो समयदेखि पर्सामा काम गरेका यादबविरुद्ध उजुरी बढेपछि छानविनमा तानिएको थियो ।
छानविन गर्ने एसपी उनै मल्ल थिए । तर,
मल्ललाई यादबले यसरी प्रभावित पारे कि उनीमाथि छानविन गर्नुको सट्टा उल्टो संरक्षण गर्न थाले । यादबलाई सिआइबीमा खटाइयो ।
सिआईबीमा बिदा मिलाएर यादब असुली धन्दाका लागि वीरगञ्ज पुगे ।
त्यहाँ यातायात व्यवस्था कार्यालयका प्रमुख धर्मेन्द्र कर्णसँग १५ लाख मागेको उजुरीपछि फेरि उनीमाथि यतीबेला सिआईबीले छानविन थालेको छ । एसपीकै बदमासीका कारण यो घटना भएको सिआइबीका एक अधिकारी बताउँछन् ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार यसरी
१९ जना घुमुवालाई
एसपी मल्लले आईजीपी बसन्तबहादुर कुँवरले खटाएको भन्दै विभिन्न कार्यालयमा पठाएका
थिए ।
ती घुमुवाहरु अवैध गतिविधिमा संलग्न छन् ।उनै मल्लले खटाएका हवल्दार कलिम बेहना
गत ११ कात्तिकमा लागुऔषधसहित काठमाडौंमा पक्राउ
परेका थिए ।
दाङमा लामो समय काम गरेका बेहना यसअघि पनि विभिन्न गतिविधिमा संलग्न रहेको खुलेपछि छानविनमा तानिएका थिए ।
तर, एसपी मल्लले उनलाई पनि संरक्षण गरेका थिए ।
मल्लले तराईका दुई जिल्ला नवलपरासी र महोत्तरीको एसपी
भएर काम गरिसकेका
छन् ।
तराईका जिल्लामा घुमुवाहरूले कसरी रकम पैसा उठाएर बुझाउछन् उनलाई राम्रोसँग
थाहा छ ।
त्यसकारण अहिले
उजुरी छानविन शाखामा बसेर उनले तिनै
घुमुवालाई परिचालन गरिरहेका छन् ।
आफुलाई नटेर्नेलाई छानविनमा तान्ने र अन्यलाई जोगाउने तथा संरक्षण गर्ने उनको
नीतिरहेको छ ।
महोत्तरीमा ९ बर्षदेखि कार्यरत असई. सन्जय पासवान, हवल्दारहरु धर्मेन्द्र यादव, हवल्दार सुरेन्द्र ठाकुर, हवल्दार रामप्रबेश यादव,
र राजेश यादवलाई
पनि उनले नै संरक्षण दिदै आएको स्रोत बताउँछ ।घुमुवाका रुपमा सहायक हवल्दार राजेश यादवको दरबन्दी पर्साको बिपत ब्यवस्थापन कार्यालयमा भएकोमा धनुषा गणका काज मिलाए ।
त्यहाँ एसपी नारायण रंजितकार र सुबेदार मेजरसँग सेटिङ मिलाएर उनी महोत्तरीमा घुमुवाका रुपमा खटिंदै आएका
थिए ।
मंगलबार मात्र उनको महोत्तरीमै काज सरुवा भएको छ ।
यसमा उनले प्रदेश प्रहरी कार्यालयदेखि प्रहरी प्रधान कार्यालयसम्म सेटिङ मिलाएका थिए ।
धर्मेन्द्र यादबलाई
पनि महोत्तरीमै काजमा राखेर असुलीमा प्रयोग गरिएको छ ।
महोत्तरीमा एसपी मल्ल यती बदनाम थिए की उनका लेखापाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको
थियो ।
एसपीकै निर्देशनमा ठेकदारसँग पैसा
उठाउन काठमाडौं
आएका बेला लेखापाल पक्राउ परेका थिए ।
एसपी मल्ल महोत्तरीमा हुँदा घुमुवा बनाएका सहायक हवल्दार संजय जैसवाललाई वडा प्रहरी कार्यालय बिर्तामा सेटिङ मिलाएर पठाएका छन् ।
तराईका जिल्लाहरू मकवानपुर, बारा, र पर्सामा दुई वर्ष घुमुवा बसेकालाई पुनः बाारा जिल्लाको घुमुवाकोरूपमा परिचालन गरेको छन्, वरिष्ठ सई. विनोद काफ्लेलाई र सर्लाहीका जिल्लाका
घुमुवा असई. तेजनरायण यादवलाई र हवल्दार सुरेन्द्र साहलाई मकवानपुरको हेटौंडा रातोमाटोमा खटाएको मल्ल एसपी
को संरक्षणका कारण केही गलती गरेको भए पनि कसैले कार्वाही नगरेको स्रोतले बताएको छ ।
तराईका हरेक जसो जिल्लामा उनले यसैगरी घुमुवामार्फत चलखेल गरेको स्रोत बताउँछ । त्यसरी परिचालन गरिएकालाई आईजीपीका घुमुवा भनिएको छ ।विगतमा आईजीपीहरुले त्यसैगरी तराईमा
घुमुवा परिचालन गरेर असुली गर्दथे ।
अहिलेका आईजीपी बसन्तबहादुर कुँवरले घुमुवा खटाएका छैनन् ।
तर, सोझा आईजीपीलाई बदनाम हुने गरी एसपी मल्लले धन्दा चलाईरका
छन् ।साभार