Tuesday, July 1, 2025

कुशवाहालाई हत्या गर्ने मुख्य आरोपी कुशवाहा पक्राउ;

ताजा / भरखरै प्राप्त

बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ ३२ मा भएको कुशवाहा हत्याका आरोपी सुरेन्द्र कुशवाहालाई जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले पक्राउ गरेको हो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, सुरेन्द्रले जग्गासम्बन्धी विवादमा हरिभुषणको गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी महेन्द्र खड्काका अनुसार पक्राउ पर्नेमा आदर्शकोतवाल गाउँपालिका–२ खजुरिया बस्ने सुरेन्द्रप्रसाद कुशवाहा रहेका छन् । उनलाई विराटनगरबाट पक्राउ गरिएको हो । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार, सुरेन्द्रले जग्गासम्बन्धी विवादमा हरिभुषणको गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।सुरेन्द्र क्याम्पस प्रमुख हरिभुषणको हत्याको मुख्य योजनाकार÷निर्देशक, हतियार व्यवस्थापक र सुटर रहेको एसपी खड्काले जानकारी दिए ।

सुरेन्द्रकै योजनामा थप १४ जना परिचालित भई हरिभूषणको हत्या गरेको प्रहरीको अनुसन्धान मिसिलले देखाउँछ ।
प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको मिसिलमा खजुरियाका चाँदशी प्रसाद कुशवाहा, चन्द्रमणि कुशवाहा, अबधलाल कुशवाहा, सुमेदप्रसाद कुशवाहा, आदर्शकोतवाल–३ का चुल्हाई भन्ने श्रवणकुमार शाह, कोहल्वी नगरपालिका–१० बरेवा बस्ने अम्रपाली भन्ने ब्रम्हदेव महरा, करैयामाई गाउँपालिका–७ पिपरा बस्ने मोतिलाल चौधरी र बारागढी गाउँपालिका–५ बस्ने हरिन्दर महरा चमार हत्यामा संलग्न देखिन्छन् ।

त्यसैगरी आदर्शकोतवाल–२ खजुरी कालेजप्रसाद कुशवाहा, जुवेद पासवान, राजकपुर कुशवाहा, सन्नी देवल कुशवाह, र कोहल्वी नपा–१० बरेवा बस्ने हरिन्दर चौधरीलाई प्रहरीले फरारको सूचीमा राखेको छ । मिसिलअनुसार सन्नी देवलको भूमिका योजनामा सामेल हुने र हरिभूषण सवार मोटरसाइकलको निगरानी गर्ने, चन्द्रमणिको भूमिका योजनाकारसँगै हातहतियार व्यवसथापन र हरिभूषणको रेकीगरी सूचना अदानप्रदान गर्ने, कालेजले हतियार व्यवस्थापन गर्ने र मोटरसाइकल चालकको भूमिका निर्वाह गरेको उल्लेख छ ।

त्यस्तै, अवधलालले हत्या योजनामा सामेल हुनुका साथै हरिभूषणको रेकी गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनको घरबाट दुई राउण्ड गोलीसमेत बरामद गरेको थियो । चुल्हाई भन्ने श्रवणकुमारले पनि हतियार व्यवस्थापनमा सहयोग गरेको प्रहरीको अनुसन्धान मिसिलमा उल्लेख छ ।हरिन्दरले घटनामा प्रयोग भएको हतियार र गोली सुरेन्द्रलाई बिक्री गरेको, ब्रम्हदेवले घटना भइसकेपछि हतियार लुकाएर राखेको र योजनामा प्रयोग भएको मोटरसाइकल पछाडि बसेको, हरिन्दरले हतियार बिक्री गरेको, सुमेद र ओमप्रकाशले हरिभूषण सवार मोटरसाइकलको रेकी गरेको अनुसन्धान मिसिलमा उल्लेख छ । बाराको आदर्शकोतवाल गाउँपालिका–३, बतरामा उनीमाथि गोली प्रहार भएको थियो । गम्भीर घाइते उनलाई तुरुन्तै बयोधा अस्पताल, वीरगञ्ज लगिएको थियो । त्यसबेला उनले गोली प्रहारमा सुरेन्द्रको संलग्नता रहेको बताएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles