Tuesday, July 1, 2025

डीआईजीमा बढुवा ८ सिफारिसएसएसपीका २० पदमा ४० एसपीहरु प्रतिस्पर्धामा ;

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका आठजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।आइतबार बसेको बढुवा समितिको बैठकको निर्णयानुसार प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी नायव महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस हो ।
सिफारिस हुनेमा ध्रुबराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको ब्याचका तीन जना र राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा ल्याइएको टोलीबाट ५ जना डीआईजीमा बढुवा भएका हुन्।
डीआईजीमा बढुवा सिफारिसपछि प्रहरी प्रधान कार्यालयले एसएसपी, एसपी र डीएसपीमा पनि बढुवा तयारी थालेको छ । प्रहरीमा हाल २० एसएसपी, ३२ एसपी र ७० डीएसपीमा बढुवा हुँदैछ । एसएसपीका २० पदमा ४० भन्दा धेरै एसपीहरु प्रतिस्पर्धामा छन् ।
बढुवामा ११४ को टोलीका एसपीहरु मुख्य प्रतिस्पर्धी छन् ।
सो ब्याचबाट रमेश थापा,कृष्ण पंगेनी, नवराज अधिकारी, विमलराज कँडेल, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रञ्जु सिग्देल, अनुपम शमशेर जबरा, श्याम कुमार महतो, प्रकाश रानाभाट, वीरबहादुर बुढा, अजय केसी , कमल थापा बढुवाका मुख्य दाबेदार
हुन् ।
होबिन्द्र बोगटी, प्रभु ढकाल, सन्तोषसिंह राठौर, शिव श्रेष्ठ, दयानिधी ज्ञवाली, शान्तिराज कोइराला, बेद बिष्ट, संजयसिंह थापा, प्रकाश मल्ल, सन्तोष भट्टराई, दीपक पोखरेल, महेन्द्र खड्का, केदार खनाल, दीपेन्द्र शाही , तुलबहादुर कार्की, राकेश सिंह, राजीब बस्नेत, राजेन्द्र धमला, ज्ञानेन्द्र फुयाल लगायत पनि बढुवाको प्रतिस्पर्धामा छन् ।
डीएसपीमा २०७० को टोलीबाट ७९ जना प्रतिस्पर्धामा छन् । यो ब्याचबाट यसअघि दुई टोली डीएसपी
भइसकेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles