Tuesday, May 6, 2025

प्रहरी उपरीक्षक वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस ;

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीको स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका ४ जना प्रहरी उपरीक्षकलाई वरिष्ठ उपरीक्षक पदमा बढुवा गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको बढ्वा समितिको सचिवालय बैठकले बिहीबार ४ जनालाई बढुवा सिफारिस गरेको हो ।

बढुवा हुनेहरुमा नेपाल प्रहरी अस्पताल रेडियोलोजी शाखा महाराजगंजमा कार्यरत डा.केदार खड्गी, नेपाल प्रहरी अस्पताल मेडिसिन शाखा महाराजगञ्जमा कार्यरत डा.छन्दबहादुर बुढाथोकी, गण्डकी प्रदेश प्रहरी अस्पतालमा कार्यरत डा.पवनकुमार राय, नेपाल प्रहरी अस्पताल डेन्टल शाखा महाराजगञ्जमा कार्यरत डा. सुवर्ण कुवर रहेका छन् ।
सचिवालयले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को उपनियम ४ अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको जानकारी
दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles