Tuesday, April 22, 2025

चितवनमा रवि लामिछानेको ५ घण्टा बयान:-

ताजा / भरखरै प्राप्त

सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेसँग चितवनको
सरकारी वकिल कार्यलयमा आज ५ घण्टा
बयान लिइएको छ । काठमाडौंबाट विमानमार्फत
चितवन ल्याइएका लामिछानेले सरकारी वकिलको कार्यालयमा दिउँसो १२ बजेदेखि ५ घण्टा बयान दिएको
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक
गौतम मिश्रले जानकारी
दिनुभएको छ ।
बयान पश्चात् लामिछानेलाई आज हिरासत कक्षमा राखिएको छ ।
भोलि कार्यालय समय
सुरु भएपछि पुनः लिखित बयान लिइने सरकारी वकिल कार्यालय चितवनका न्यायधिवक्ता शान्तिराज लुइटेलले जानकारी दिनुभयो ।
आज पहिलो दिन प्रारम्भिक प्रश्नमा मात्र गरिएको र भोलि गहिराइमा गएर बयान लिने उहाँले बताउनुभको छ ।
उहाँका अनुसार लामिछानेसँग लिखित बयान लिइएको छ ।
सरकारी वकिल र अनुसन्धान अधिकृतले
सयुंक्त बयान
लिएका हुन् ।
भोलि बयान सक्ने
तयारी भएको भएको न्यायधिवक्ता लुइटेलले बताउनुभयो ।
सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई काठमाडौंबाट आज (मंगलबार) बिहान
चितवन ल्याइएको थियो ।
प्रहरीले लामिछानेलाई विमानस्थलबाट प्रहरी कार्यालय लगेर बयानका लागि सरकारी वकीलको कार्यालय लगिएको थियो ।
लामिछानेविरुद्ध चितवनको साहारा
चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मंसिर ५ गते लामिछानेसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्वडीआइजी छविलाल जोशी र नेचर हव इन्टरनेसनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई आइतबार र सोमबार बयान
लिइएको छ ।
उनीहरूलाई आइतबार चितवन ल्याएर हिजो बयान सकिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles