
नवलपरासीको रामग्राम नगरपालिका १२ बाट ब्राउन सुगरसहित एक जना युवक पक्राउ परेका छ्न् । लागूऔषध विक्रीवितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा स्थानीय दीपेन्द्र चौधरीको घरबाट १५ पुरिया ब्राउन सुगर बरामद गरेको हो ।
पक्राउ परेका चौधरी लाई जिल्ला अदालत परासी बाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी रेशम बोहोराले बताएका छन् ।