
फुली लगाएका डीआईजीहरूले जिम्मेवारी पाएनन्
नेपाल प्रहरीका आठ नवनियुक्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुले सोमबार दर्ज्यानी चिन्ह लगाएका छन् ।
तर, उनीहरुले जिम्मेवारी भने पाएका छैनन् ।
सरुवा र पदस्थापन एकैपटक गर्न लागिएकाले फुली लगाएर पनि उनीहरुले निम्मेवारी नपाएका हुन् ।
आइतबार गृहमन्त्रीस्तरीय निर्णयबाट बढुवा भएका ध्रुबराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि बिक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिकलाई प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले फुली लगाइदिएका हुन् ।
उनीहरुमध्ये राउत, रावल र चन्दले तीन महिनापछि आईजीपी कुँवरसँगै अवकाश पाउनेछन् ।
अवकाशअघि उनीहरुलाई
केही महिनाका लागि भए पनि इन्चार्ज दिने
आईजीपीको
प्रस्ताव छ ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भरतपुर तालिम केन्द्रमा डीआईजीको पद खालीरहेको छ ।
उपत्यका ट्राफिक पनि
एक महिनापछि रिक्त हुनेछ ।
तर, बढुवा भएका गुप्तचर
टोलीका अन्य पाँच
डीआईजी पनि आकर्षक
पोष्टिङका लागि दौडधुपमा
लागेका छन् ।
केही प्रदेशका डीआईजीको
पनि सरुवाको लागि
गृहकार्य भइरहेको स्रोत
बताउँछ ।
लुम्बिनीका कुबेर कडायत, सुदुरपश्चिममा रबिन्द्र केसीको सरुवाको सम्भावना रहेको छ ।