असन्तुष्टिको बावजुद एकीकृत समाजवादीका केही नेता तथा सांसदहरु लामो समयदेखि पार्टी फुटाउने अभ्यास
गरिरहेका छन् ।
प्रतिनिधि सभामा १० सदस्यीय प्रतिनिधित्व रहेको एकीकृत समाजवादीमा ६ जना सांसद पार्टी विभाजनको पक्षमा उभिएको
स्रोतको दाबीरहेको छ ।
पार्टी विभाजनको
नेतृत्व गर्ने सांसदहरुमा कृष्णकुमार श्रेष्ठ र प्रेम आलेको नाम अग्रभागमा रहेको बताईन्छ ।
करिब १५० जना केन्द्रीय सदस्यहरु पनि पार्टी विभाजनको पक्षमा उभिएको स्रोतको
दाबी छ ।
गत असारमा महाधिवेशन सकिएपछि पदाधिकारीको निर्वाचन भई ३४४ सदस्यीय केन्द्रीय समिति बनेपनि कार्य विभाजन
हुन सकिरहेको छैन ।
पार्टीको आन्तरिक
विवाद उत्कर्षमा
पुगेको छ ।
एकीकृत समाजवादीका प्रभावशाली नेता मानिने विरोध खतिवडाले नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवादको क्रममा पार्टी फुटेपनि कुनै अनौठो मान्न नहुने बताए ।
उनले आफ्नो जीवनकालमा धेरै पार्टीहरु फुटेको र जुटेको देखेको बताउँदै एकीकृत समाजवादी फुटेमा
आश्चर्य मान्नु नपर्ने बताएका छन् ।
‘तपाईँको पार्टी फुट्दैन ? भन्ने प्रश्नमा उनले भने, ‘अहिलेसम्म कुन चाहीँ पार्टी फुटेको छैन र ? अनौठो कुरा, हजारौं वर्षमा नभएको चिज, केही भयो भने पो त्यसलाई आश्चर्य मानेर ओहो यस्तो भएको छ ।
भोलिपर्सी फेरि हुन्छ कि हुँदैन ? भनेर आश्चर्य मानेर गफ गर्नु ।
हाम्रै जीवनकालमा पार्टीहरु फुटेको पनि देखेका छौं, जुटेको पनि देखेका छौं । मारामार झगडा गरेको पनि देखेका छौं, लभ परेर चाटाचाट गरेको पनि देखेका छौं ।
हरिद्वार र मलद्वार भनेको पनि सुनेका छौं ।
हाम्रै कार्यकालमा सबै देखिइएको छ ।
यी सामान्य कुरा हुन्,’– उनले भने ।