Sunday, June 29, 2025

नक्कली सुन देखाएर ठगी गर्नेहरू ६ जना पक्राउ:

ताजा / भरखरै प्राप्त

पूर्वका विभिन्न स्थानमा नक्कली सुन देखाएर सर्वसाधारणमाथि ठगी गर्ने गिरोह पक्राउ परेकका
छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले सो गिरोहका ६ जनालाई पक्राउ
गरेको हो ।
मोरङ प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर ५० वर्षमाथिका ५ र ३४ वर्षका १ जनालाई सार्वजनिक गरेको छ ।
तीमध्ये २ जना भारतीय नागरिक छन् ।
भारतको दार्जिलिङका ५१ वर्षीय नारायण गुरुङ, ३४ वर्षीय सञ्जय शर्मा, झापाको कमल गाउँपालिका–१ तोपगाछीका ५२ वर्षीय अशोक तामाङ, कनकाई नगरपालिका–९ घैलाडुब्बाका ५९ वर्षीय धकलबहादुर थिङ, अर्जुनधारा नगरपालिका–११ का
५४ वर्षीय प्रवीन तामाङ र हल्दिबारी गाउँपालिका–३ का ६६ वर्षीय रामबहादुर कन्दङवालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएका छन् ।

उनीहरुले विभिन्न ठाउँमा ठगि गरेको खुलेको छ ।
पक्राउ प्रतिवादीविरुद्ध ठगी मुद्दा चलाउन प्रहरीले सोमबार अदालतबाट म्याद थप गरेर अनुसन्धान थालेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles