Tuesday, April 22, 2025

विराटनगर विरुद्ध सुदूरपश्चिमको शानदार जित:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रिमियर लिग (एनपीएल)
अन्तर्गत आज भएको पहिलो खेलमा विराटनगर किंग्सलाई सुदूरपश्चिम रोयल्सले ९० रनले पराजित गरेको छ ।
सुदूरपश्चिमले दिएको
१८३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १६ ओभर एक बलमा ९२ रनमै समेटियो ।
विराटनगरको यो लगातार दोस्रो हार हो । सुदूरपश्चिमले भने आफ्नो पहिलो खेलमै जित हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुरूमा फिल्डिङ गर्ने निर्णय लिएका थिए ।
तर सुरूआत विराटनगरले सोचे जस्तो भए पनि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले २४ बलमा ५७ रनको आक्रामक पारी खेलेपछि भने सुदूरपश्चिमले १८२ रनको विशाल स्कोर खडा गर्‍यो ।
सुदूरपश्चिमका ओपनर अमित श्रेष्ठ इस्मात अलामको बलमा क्याच क्याट भएका थिए ।
एक रन बनाएका अमितको क्याच मार्टिन गप्टिलले लिएका थिए ।
अनिल खरेलले विनोद भण्डारीलाई २३ रनमा मैदान बाहिर पठाए ।
आरिफ शेख पनि नौ रनमा आउट भएका थिए ।
बसिर अहमदको बलमा निकलस क्रितनले शानदार क्याच लिए । पावर प्लेमा सुदूरपश्चिमले तीन विकेट गुमाएर ४३ रन जोडेको थियो ।
ब्रान्डन मेक्मलेनले २६ बलमा ३६ रन बनाएर आधार तयार पारे । सैफ जेबले १४ रन मात्र बनाउन सके ।
सुदूरले अन्तिम १० ओभरमा एक सय १४ रन जोडेको हो । इसान पान्डेले रन आउट हुनुअघि २१ रन थपे । दीपेन्द्रले २४ बलमा ५७ रनको योगदान गरे ।
उनले तीन चौका र पाँच छक्का प्रहार गरे ।
स्कट कुग्लेइनले १० रन जोडे ।
विराटनगरका लागि बलिङतर्फ अनिलले तीन विकेट लिए भने सन्दीप लगातार दोस्रो खेलमा विकेटविहीन रहे ।
जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले १६ ओभर एक बलमा ९२ रन मात्र बनाएर अलआउट भयो ।
विराटनगरका मार्टिन गप्टिल ‘गोल्डेन डक’ भए ।
उनलाई कुगेलेइनले बोल्ड गरे । ओपनर लोकेश बम दुई रनमा मकमलेनको सिकार भए ।
निकोलस क्रितोन पाँच रन बनाएर पवेलियन फर्किए ।
उनको विकेट पनि कुगेलेइनको नाममा रह्यो । राजेश पुलामी १५, बसिर अहमद २४ रन बनाएर बाहिरिए भने इस्मात आलम ६ रनमा आउट
भए ।
प्रतीस जीसीले एक र कप्तान सन्दीप लामिछानेले आठ रन जोडे ।
विराटनगरलाई सुदूरका बलरले दबाबमा राखेर खेलाए ।
अन्तिममा अनिल खरेलले अविजित १० रन बनाए ।
क्रिस सोलले नौ रन जोडे ।
कुगेलेइनले चार ओभर बलिङ गरेर ३० रन मात्र खर्च गर्दै तीन विकेट लिए । अविनाश बोहराले पनि तीन विकेट लिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles