Tuesday, April 22, 2025

सशस्त्र प्रहरी द्वारा ६० किलो गाँजा पक्राउ ;

ताजा / भरखरै प्राप्त

बिराटनगरमा
सशस्त्र प्रहरीले अटोमा ६० किलो गाँजा पक्राउ गरेको छ,अटो चालक फरार
छन् ।

सशस्त्र प्रहरीले विराटनगरमा अटो टेम्पोबाट ६० किलोग्राम गाँजा बरामद गरेको छ । सडकको साइडमा राखेर राखिएको अटोबाट
सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल
नेपालको एफओपी (फरवार्ड अब्जरभेसन पोस्ट) बखरीबाट खटिएको सइ ओमबहादुर खड्का नेतृत्वको टोलीले सोमबार साँझ ७ बजेतिर को. २ हा. १९६९ नम्बरको अटो नियन्त्रणमा लिएको थियो ।मोटरसाइकल गस्तीमा रहेको सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–१८ झटियाहीस्थित सडकको छेउमा राखेर राखेको अटो नियन्त्रणमा लिएर खानतलासी गर्दा लागुऔषध गाँजा फेला परेको जानकारी सशस्त्र प्रहरी बल मोरङले जनाएको छ ।
गाँजासहित अटोलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको छ । अटो चालक फरार छन् । उनको प्रहरीले खोजी गरिरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles