Sunday, June 29, 2025

खैरो हेरोइनसहित कैलालीबाट तीनजना पक्राउ:

ताजा / भरखरै प्राप्त

कैलालीमा लागुऔषध ओसारपसार र विक्री वितरणमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् ।
गोप्य सूचनाका आधारमा मंगलबार प्रहरीले टिकापुर नगरपालिका-९ स्थित प्रहरी चेकपोस्ट नजिक सडकखण्डबाट शंकास्पद गतिविधि देखिएको एक समूहलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा टिकापुर नगरपालिका-१, बनगाउँका २३ वर्षीय शिवम थापा मगर, २७ वर्षीय विज्ञान शाही र २७ वर्षीय विकास चौधरी रहेका छन् ।
कैलाली प्रहरीका अनुसार शिवम र विकासको शरीर खानतलासी गर्दा थापा मगरले लगाएको
जिन्सको पाइन्टको बाँया खल्तीमा सेतो प्लास्टिकले बेरेको ७ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन जस्तो लागुऔषध फेला परेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त लागुऔषध टिकापुर नगरपालिका(१ निवासी २७ वर्षीय विज्ञान शाहीले ६ हजारमा खरिद गरी ल्याउन लगाएको खुल्न आएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles