Sunday, June 29, 2025

रास्वपाको कार्यकर्तासँग झडपमा आठ प्रहरी घाइते ;

ताजा / भरखरै प्राप्त

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएका छन् ।
रास्वपा सभापति रवि लामिछानेको रिहाइको
माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप
भएको हो ।
झडपमा परेर आठ प्रहरी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार प्रदर्शनकारीले सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप भएको हो ।
प्रदर्शनकारीले ढुंगा प्रहार गर्न थालेपछि उक्त कार्य रोक्नका लागि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको उनले बताए ।
घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीहरूले बल प्रयोग
गरेको छैन ।
प्रदर्शनकारीले ढुंगा हान्दा प्रहरी घाइते भएका छन् ,’ प्रहरी उपरीक्षक
मिश्रले भने ।
जिल्ला प्रहरी कार्यालय अगाडी सभापति लामिछानेको रिहाइको
माग गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र नाघेपछि सो कार्य रोक्न खोज्दा झडप भएको उनले जानकारी दिएका छन् ।
प्रदर्शनकारीतर्फ १६ जना घाइते भएको रास्वपा चितवनका सभापति कृष्ण भुषालले जानकारी
दिए हो ।
घाइतेको भरतपुर सामुदायिक अस्पताल, नारायणी सामुदायिक अस्पताल, देव अस्पताल
लगायतका अस्पतालमा
उपचार भइरहेको उनले
बताए ।
रास्वपा सभापति लामिछानेको बयान सरकारी वकिलको कार्यालयमा जारी छ ।
यहाँको साहारा सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि प्रहरीले उनलाई बयानका लागि मंगलबार काठमाडौँबाट चितवन ल्याएको हो ।
साहारा सहकारीबाट १० करोड ८० लाख गोर्खा मिडियामा गएको आरोप लागेपछि उनलाई
बयानका लागि चितवनमा ल्याइएको हो । रासस

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles