Saturday, June 28, 2025

लागुऔषध कारोबारी पक्राउ गर्न सुनसरीमा प्रहरीले चलायो ४ राउन्ड गोली ;

ताजा / भरखरै प्राप्त

सुनसरीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली
चलाएको छ ।
मंगलबार राति धनकुटाबाट धरानतर्फ गाँजा बोकेर गइरहेको गाडीलाई नियन्त्रण गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले ४ राउन्ड गोली चलाएको हो ।
गोली हानेर प्रहरीले दुई गाडी गाँजा बरामद
गरेको छ ।
धनकुटाबाट गाँजा आउँदैछ भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकास जबेगु र वडा प्रहरी कार्यालय भानुचोकका प्रमुख रुद्र खडकाको टोली धरानको शिबधारामा गाडि पक्राउ गर्न पुगेका थिए ।प्रहरीले सेतो नम्बर प्लेटको गाडीमा रहेको ६ सय केजी गाँजा नियन्त्रणमा लिएको सुनसरी प्रहरीले
जनाएको छ ।
गाजा ओसारपसार गर्ने एकजना पक्राउ र अर्का एकजना फरार रहेका
छन् ।
यस घटनाबारे प्रहरीले आज पत्रकार सम्मेलन
गरेर जानकारी दिने
तयारी गरेको प्रहरीले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles