Monday, June 30, 2025

हेटौंडामा दुर्घटना हुदा २२ जना घाइते ;

ताजा / भरखरै प्राप्त

हेटौँडा–सिन्धुली सडकअन्तर्गत बुधबार बिहान बकैया गाउँपालिका–५, तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते हुनुभएको छ ।
हेटौँडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस आफैँ अनियन्त्रित भएर अन्दाजी ५० मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा घाइते हुनुभएका २२ जनामध्ये १७ जना डिस्चार्ज हुनुभएको छ ।
पाँच जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार अन्य घाइतेको अवस्था पनि सामान्य छ।
घाइतेको शरीरको विभिन्न भागमा चोट लागेको छ। स्थानीय र प्रहरीको सक्रियतामा घाइतेको उद्धार गरी उपचारका लागि सहकारी अस्पताल हेटौँडामा ल्याइएको थियो। बसमा ३७ जना यात्रु
सवार थिए।
बस चालक हेटौँडा–१२ पदमपोखरी बस्ने ४५ वर्षीय टीकाराम लामालाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles