Monday, June 30, 2025

गढीमाई मेलाका सन्दर्भमा सर्वोच्चको आदेश स्मरण गर्न पर्यटन मन्त्रालयको आह्वान:

ताजा / भरखरै प्राप्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गढीमाई मेलामा हुने पशुबलीका सन्दर्भमा सर्वोच्च अदालतको २० साउन २०७३ को आदेश स्मरण गर्न सरोकारवालासँग आह्वान गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै परम्परा र प्रथामा हुने कतिपय क्रियाकलापका विषयमा प्रश्न उठ्ने गरेको सन्दर्भमा सर्वोच्चले दिएको आदेशको पालना गर्न मन्त्रालयले सचेत गराएको हो ।
अदालतले पशुबली दिने दिलाउने कार्यमा प्रत्यक्ष वा परोक्ष रूपमा वा सहयोग पुग्ने गरी सरकारको तर्फबाट कुनै कार्य नगरी त्यस्तो कामलाई निरुत्साहित गर्न परमादेश जारी गरेको थियो ।
साथै गढीमाई मेलाका क्रममा हुने वातावरणीय प्रदूषण नियन्त्रण गरी स्वस्थ र स्वच्छ वातावरण कायम राख्न बली दिइएका पशुपन्छीको मासु लगायत पदार्थको उचित व्यवस्थापन गर्न समेत सर्वोच्चले आदेश दिएको थियो ।

साथै मासुको गुणस्तर निर्धारण, परीक्षण र नियन्त्रण गर्न, गढीमाई मन्दिर र आसपासको क्षेत्रमा स्वच्छ वातावरण कायम राख्न तथा बली दिइएका पशुको रगत, मासु, छाला लगायत अन्य कारणबाट स्थानीय जनस्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन आवश्यक प्रबन्ध मिलाउन समेत आदेश दिएको थियो ।पर्यटन मन्त्रालयले सर्वोच्चको सोही आदेश अनुसार मेला आयोजना गर्न समेत आग्रह
 गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles