
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान अधिकृत हुँ भन्दै कर्मचारीलाई धम्की दिने गरेको आरोपमा एक जना मानिस पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा इन्द्रेणी हार्डवयर सञ्चालन गर्दै आएका ३१ वर्षीय रोशन चौधरी रहेका छन् ।
उनलाई अख्तियारकै टोलीले पक्राउ गरेर प्रहरीको जिम्मा
लगाएको छ ।
बुधबार साँझ पक्राउ परेका चाैधरीलाई जिल्ला प्रहरी परिसर ललितपुरको जिम्मा लगाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताएका छन् ।
उनले राजश्व अनुसन्धान कार्यालय पथलैया, बाराका कर्मचारीलाई समेत धम्की दिएको खुलेको छ ।
चौधरीले आफू अख्तियारको अनुसन्धान अधिकृत रहेको भन्दै फोन गरेर धम्की दिने गरेका
थिए खुलेको छ ।