Tuesday, April 22, 2025

आईजीपी कुँवरद्वारा नागरिक सेवामा व्यवसायिकता प्रदर्शन गर्न निर्देशन ;

ताजा / भरखरै प्राप्त

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नागरिकको समस्यामा सहजीकरण गर्नेतर्फ प्रहरी केन्द्रीत हुनुपर्ने बताएका छन् ।
वडा प्रहरी कार्यालय वैदाम कास्की परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष तथा भान्साघरको उद्घाटन गर्दै आईजीपी कुँवरले यस्तो बताएका हुन्।
आईजीपी कुँवरले शून्य शहनशीलतालाई आत्मसाथ गरी सिमान्तकृत एवं पीडितवर्गहरूको सारथी प्रहरी अधिकारीहरुलाई निर्देशन दिए ।कुँवरले देश र नागरिकको सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न नेतृत्व तहका प्रहरी अधिकारीहरुलाई निर्देशन दिए ।
पीडितहरूको गुनासोलाई सम्बोधन गर्न उनले आग्रह गरे । कुँवरले पोखरा नेपालकै प्रमुख पर्यटकीय स्थल भएको उल्लेख गर्दै विद्यमान सुरक्षा चुनौतीको सामना गर्न र कानूनको कार्यान्वयनमा नेपाल प्रहरीले नागिरकसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए ।आईजीपी कुँवरले वडा प्रहरी कार्यालय वैदाम कास्की परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवाद मन्तव्य राखेकी थिइन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles