
पर्सा प्रहरीले भन्सार छलीको आशंकामा दुई वटा मालबाहक ट्रक नियन्त्रणमा लिएको
छ ।
हिजो बुधबार गएको राति वीरगञज महानगरपालिका-१५ प्रतिमा चोकबाट दुई वटा मालबाहक ट्रक नियन्त्रणमा लिइएको हो,
पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताएका छन् ।
लम्सालका अनुसार गए राति करिब १० बजे ना: ४ ख: ९८५१ र प्रदेश २-०३-००१ ख: ६५५७ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिक्षएको हो ।
वीरगन्जबाट काठमाडौं तथा विराटनगर हिँडेका
ती ट्रकमा हार्डवेयर र औषधी लोड गरिएको
थियो ।
बिल बिजकभन्दा बढीको सामान लोड गरेको
सूचना आएपछि, उक्त
ट्रक नियन्त्रणमा लिएर अनुसन्धानका
लागि राजश्व अनुसन्धान कार्यालय बारा पथलैयामा बुझाइएको लम्सालले बताएको छन् ।
बिल बिजकभन्दा बढीको सामान आयात-निर्यात गर्नेलाई तस्करीजन्य कार्य भएकोभन्ने गरिन्छ ।
ती ट्रकमा करिब दुई करोड ९ लाख ६ हजार ८४२ रुपैयाँ बराबरको सामान रहेको प्रारम्भिक अनुसन्धानबाट
खुलेको छ ।
पर्सा प्रहरीले तस्करी गर्नेलाई नियन्त्रण कारबाही गरिरहेका छन् ।