Tuesday, April 22, 2025

जनकपुर र रौतहटका विवादितघुमुवा पर्सा-बारा पुगे:-

ताजा / भरखरै प्राप्त

जनकपुर र बारामा बदनाम भएपछि प्रहरी प्रधान कार्यालयले १ नम्बर गणमा तानेका दुई प्रहरीलाई मधेश प्रदेश प्रहरी कार्यालयले पुनः
बारा र पर्सामै काज सरुवा गरेको छ ।
असई.हुसेनलाई बारामा र प्रहरी जवान संजय जयसवाललाई घुमुवाका रुपमा अनियमिततामा मुछिएको गुनासोपछि,
एक बर्षअघि गणमा तानिएको थियो ।
गणमा ५ महिना राखिएपछि प्रहरी प्रधान कार्यालयको उजुरी छानबिनका एसपी
प्रकाश मल्लले असईलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा र जवानलाई जिल्ला धनुषामा काजसरुवा गरिदिएका थिए ।
रौतहटमा घुमुवाका रुपमा ३ महिनादेखि कार्यरत हुसेनको दरबन्दी कोशी प्रदेशको मोरङमा हो ।
९ मंसिर, ०८१ मा हुसेनलाई दरबन्दीमा फिर्ता गरेको पत्र मधेश प्रदेश प्रहरी कार्यालयदेखि मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय कर्मचारी
प्रशासन शाखामा पुगिसकेको छ ।
तर मानवस्रोत विभागका एआईजी भीम ढकालको निर्देशन र मधेश प्रदेश प्रहरी कार्यालयको आदेशमा जिल्ला प्रहरी कार्यालयका एसपी दिलीप घिमिरेले हुुसेनलाई जिल्ला प्रहरी कार्यालय बारामा खटाएको पत्र दिएका छन् ।
कोशी, मधेश प्रदेशदेखि सबैतिर मोरङमा काजफिर्ता गरेको पत्र पुगिसकेको अवस्थामा
फेरि जिल्ला प्रहरी कार्यालय बारामा रमाना दिइएको छ ।
रौतहटमा सादा पोशाकमा काज सरुवा गरेका असई मोहम्मद हुसेनका बारेमा पुनः
गुनासो आएपछि आईजीपी बसन्तबहादुर कुँवरले दरबन्दी रहेको मोरङमा रमाना दिन निर्देशन
दिएका थिए ।
हुसेन एक बर्षअघिसम्म दरबन्दीमा नगई बारामा घुमुवा थिए ।
धेरै गुनासा आएपछि उजुरी छानबिन शाखाले उनलाई १ नम्बर गण नक्सालमा तानेको थियो ।
बारामा कार्यरत रहेकाले तस्करीको संजालका जानकार उनले पुनः
शक्ति प्रयोग गरी बारामा जान सफल भएका छन् । रौतहटबाटै दरबन्दीमा पठाउनू भनेर आईजीपीले दिएको निर्देशनबिपरीत उनलाई बारामा
खटाइएको छ, र संजय जयसवाललाई पर्सा जिल्लाको वडा प्रहरी बिर्तामा खटाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles