Monday, June 30, 2025

नेपाल प्रहरीका दुई एआईजी पद खाली हुँदै:

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीमा एक साताभित्र दुई अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी रिक्त हुने भएको छ ।
एआईजी केदार ढकाल मंसिर २१ गते र भीमप्रसाद ढकाल २७ गते अवकाश हुन लागेका हुन् ।
गमा पदस्थापन भएको छ। तर एआईजीको ५६ वर्षे उमेर हदका कारण केदार ढकाल अवकाश हुन लागेका हुन् ।
अवकाशमा जान लागेकै कारण सरकारले वरीयता मिचेर उनलाई एआईजीमा बढुवा गरेको थियो ।
३० वर्षे सेवा अवधि आगामी चैत ५ गते मात्रै पुग्ने भए पनि उनी त्यसअघि नै अवकाश हुन लागेका हुन् ।
यसअघि किरण राणा २ दिनका लागि एआईजी भएकी थिइन् ।
उनलाई अवकाश हुने अघिल्लो दिन मात्रै एआईजीमा बढुवा
गरिएको थियो ।
यस्तै मानव स्रोत विकास विभागका एआईजी भीम ढकाल पनि उमेर हदकै कारण अवकाश हुन लागेका हुन् ।
३० वर्षे सेवा अवधि पूरा हुन ९ महिनापहिले नै उनी अवकाश हुन लागेका हुन्। केदार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची हुन् ।
भीमप्रसाद एआईजी
दीपक थापाका
ब्याची हुन्।
ढकालद्वयको अवकाशपछि रिक्त हुने एआईजीमा दुर्गा सिंह र भरतबहादुर बोहरालाई बढुवा गर्ने तयारी छ ।
सिंह हाल गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रमुख छिन् ।
केदार ढकाललाई एआईजी बनाउनका लागि यसअघि सिंहलाई छुटाइएको थियो। हाल उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख रहेका बोहरा एआईजीमा बढुवा भए पनि उमेर हदका कारण पुस १४ गते उनी अनिवार्य अवकाश हुनेछन्। उनी अवकाश भएपछि मात्रै कुवेर कडायतलाई एआईजी बनाउने
तयारी छ ।
पुस १५ गते काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी किरण बज्राचार्य पनि
अनिवार्य अवकाश
हुनेछिन् ।
बज्राचार्य र बोहरा
अवकाश भएपछि फेरि कडायतसहित दुईजना एआईजीमा बढुवा
हुनेछन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles