Tuesday, July 1, 2025

फास्ट ट्र्याकमा टिपर दुर्घटना, चालकको मृत्यु:

ताजा / भरखरै प्राप्त

मकवानपुरको बकैया गाउँपालिका–५ झाँक्रीडाँडास्थित निर्माणाधीन तराई द्रुतमार्ग (फास्ट ट्र्याक)मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।नदीजन्य पदार्थ (ग्राभेल) लोड गरेर फास्ट ट्र्याकतर्फ जाँदै गरेको ना ८ ख २४३० नम्बरको टिपर दुर्घटना हुँदा चालक चितवन घर भएका अन्दाजी ४० वर्षीय सानु लो तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।आज बिहान सवा ८ बजेको समयमा टिपर सडकबाट करिब ३० मिटर तल खोल्सामा खसेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
चालक तामाङको टिपरले च्यापिएर घटनास्थलमै मृत्यु भएको डिएसपी अर्यालले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles