




बारा जिल्ला बरियापुमा रहेको गढिमाईको मेला सुरु
भएको छ।
पाँच बर्षमा लाग्ने मेला भएको कारणले पनि यो मेलामा नेपाल र भारतबाट लाखौंको संख्यामा दर्शनार्थीहरूको आवतजावत हुने गर्दछन् ।
मेलामा नेपाली भन्दा पनि भारतीय दर्शनार्थीहरू लाखौंको सख्यामा सवारीसाधनहरू लिएर
आउने गर्दछन् ।
गढीमाईको दर्शन गर्न आउने भारतीय दर्शनार्थीहरू चढेको सवारीसाधनबाट प्रहरीले बारामा खुलेयाम रकम असुली गरिरहेको भेटिएको छ ।
भारतीय दर्शनार्थीहरू बिशेष
गरेर कर्चवा , मटिर्अवा, र कवही नाकाबाट प्रवेश गरिरहेका छन् ।
ठूलो संख्यामा आउने दर्शनार्थीहरूले प्रयोग गर्ने सवारीसाधनबाट यी नाकामा खटिएका प्रहरीले खुलेयाम
रकम असुली गरिरहेको
बुझिएको छ ।
भारतीय नम्बर प्लेटका गाडी प्रवेश गरेपछि, प्रहरीले रेट नै राखेर रकम असुली गरेको सवारी चालकहरूले बताएका
छन् ।