Tuesday, July 1, 2025

लुम्बिनी विरुद्धको पहिलो जित :-

ताजा / भरखरै प्राप्त

गौसको शतकमा पोखरा एभेन्जर्सको पहिलो जित भएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सले १० विकेटको कीर्तिमानी जित हात पारेको छ ।
आन्द्रेस गौसको सानदार शतकमा पोखराले पहिलो जित हात पारेको हो । गौसको अविजित १०४ रनमा पोखराले १७१ रनको लक्ष्य १६.५ ओभर खेल्दै १७६ रन बनाएर पूरा
गर्‍यो ।
गौस एनपीएलमा शतक हान्ने र पहिलो खेलाडी बनेका छन् ।

१६औं ओभरको अन्तिम बलमा विवेक यादवलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरेका छन् ।उनले ५४ बल खेल्दै १२ चौका र ५ छक्को मदतमा शतक बनाएका छन् । गौसले ५५ बल खेल्दै अविजित १०४ रन जोडेका थिए ।
उनले १२ चौका र ५ छक्का नै प्रहार गरेका छन् ।
यसैगरी विजयी छक्का प्रहार गरेका दिनेशले ४६ बल खेल्दै अविजित मात्रै ६१ रन जोडेको थिए ।
उनले ४ चौका र ४ छक्का प्रहार गरे ।
उनले २० बलमै ५ चौका र ३ छक्का मदतमा अर्धशतक पूरा गरे हो।त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेलको ९५ रन मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन मात्रै बनाएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles