



धनुषा जिल्ला जनकपुरधाम रामकलेवा गरी सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ ।
जन्तीको रुपमा आएका साधुशन्तलाई ५६ व्यञ्जन मिष्टान भोजन खुवाएर शनिबार बिदाइ गरी
राम कलेवा गरिएको हो ।शुक्रबार राम र सीताको वैवाहिक कार्यक्रम
पश्चात हिजो शनिबार जानकी मन्दिर प्रांगणमा बालबालिकालाई प्रतिकात्मक बनाइएको राम, लक्ष्मण, भरत, शत्रुधनसँगै साधुसन्तलाई मिष्टान भोजनसँगै गालीगीतले स्वागत
गर्ने कार्यक्रम रहेको थियो । उनीहरुलाई दानदक्षिणासहित
बिदाइ गरिएको छ ।
यो विधिलाई राम कलेवा भनिन्छ ।
रामकलेवा हेर्नसमेत दर्शनार्थीहरुको घुइँचो लागेको थियो ।
यसँगै सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न
भएको हो ।
मंसिर १६ गतेदेखि सुरु भएको विवाहपञ्चमी महोत्सवको पहिलेदिन
दिन नगरदर्शन, दोस्रोदिन फुलवारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौ दिन मटकोर, छैटौं दिन विवाहपञ्चमी मनाइएको थियो ।
त्रेता युगमा मंसिर शुक्ल पक्षको पञ्चमी तिथिका दिन भगवान राम र आदर्शनारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव भव्यताका साथ गरि मनाईएको छ ।