
धादिङको कृष्णभिरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन प्रहरीको आग्रह
गरेको छन् ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभिरमा आज बिहान दुर्घटनामा परेको हो। बुलेट सडकबाट तल खसेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार अहिले उद्धार जारी छ। यद्यपि, घाइते कोही पनि भेटिएको छैन।
अहिले चालक र सहचालकको खोजी भइरहेको छ ।
सडकबाट तल खसेको गाडीको केही भाग भिरमा अड्किएको छ।
सो क्षेत्र नजिकैका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए। रासस