Saturday, June 28, 2025

मानव बेचबिखनको आरोपमा एक जना पक्राउ :

ताजा / भरखरै प्राप्त

मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा कपिलवस्तुमा एक जना पक्राउ
परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको दुपचेश्वर गाउँपालिका-७ का २५ वर्षीय शिसिर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार तामाङलाई कृष्णनगर नगरपालिका-२ लीङगेटबाट नियन्त्रणमा लिइएको हो ।काठमाडौंबाट झुक्याएर एक व्यक्तिलाई भारत लैजाँदै गर्दा तामाङलाई पक्राउ गरिएको उनले बताए ।
उनलाई अदालतबाट म्याद थप गराएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles