Tuesday, July 1, 2025

आइफोन विज्ञापनमा राखेर ठग्ने तिनजना पक्राउ:

ताजा / भरखरै प्राप्त

सामाजिक सञ्जाल (फेसबुक)मा सस्तोमा आइफोन विक्रीमा रहेको
भनेर झुटो विज्ञापन राखेर
ठगेको आरोपमा प्रहरीले
तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा घर भएका २१ वर्षीय अजित भण्डारी, गोरखाका १९ वर्षीय विपिन मग्राति र नुवाकोट घर भएकी २१ वर्षीया मधु तामाङ छन् ।
फेसबुकमा विज्ञापन
गरेर उनीहरुले क्युआरमा एडभान्स बापत रकम पठाउन लगाएर आइफोन डेलिभरी नगरीकन सम्पर्कविहीन हुने
गरेका थिए ।

उनीहरूलाई कानुनी कारबाहीका लागि
जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताउनु
भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles