Saturday, August 16, 2025

प्रधानमन्त्री ओलीले पुनः भने – १८ महिनापछि देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्छु ।

ताजा / भरखरै प्राप्त

प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिअनुसार नै कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको नेतृत्व सुम्पिने बताएका छन् ।झापाको गौरादह नगरपालिका ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण सुरु गर्दै प्रधानमन्त्री ओलीले पुन: सोही कुरा दोहोर्‍याएका हुन्।प्रधानमन्त्री ओलीले पुन: १८ महिनापछि कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने बताए ।चीन भ्रमणबाट फर्किएका बेला विमानस्थलमै प्रधानमन्त्री ओलीले गत बिहीबार डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने बताएका थिए।
प्रधानमन्त्री ओलीले मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरूले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाएको बताए।उनले कांग्रेस र एमालेबीचको सहमतिअनुसार अबको १८ महिनापछि कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता दोहोर्‍याए हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles