


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का
सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा पर्साका कार्यकर्ताहरुले प्रदर्शनमा उत्रिएका
छन्।
सरकारी वकिल कार्यालय पर्सामा लामिछानेको बयान भइरहँदा उनका
समर्थकहरूले आज वीरगन्जमा प्रदर्शन गरेका छन् ।
उनीहरूले राजनीतिक प्रतिशोधविरुद्ध प्रदर्शन गरिएको बताएका
छन् ।
प्रदर्शनमा सहभागीहरूले ‘रवि लामिछानेलाई
न्याय दे, जनता झुक्याउन पाइँदैन, राजनीति
प्रतिशोध बन्द गर’लगायत प्लेकार्ड प्रदर्शन गरेका
थिए ।
पर्साको सानोपाइला सहकारीको रकम अपचलनका विषयमा बयानका लागि लामिछानेलाई हिजो सोमबार नै प्रहरीले पर्सा पुर्याइएको थियो ।