Monday, June 30, 2025

बारेको गढिमाई मेलामा खुलेयाम ठगी ;

ताजा / भरखरै प्राप्त

गढिमाईकाे मेला भव्य रूपमा संचालन
भैरहेको छ ।
उक्त मेलामा नेपाल र भारतबाट लाखौं भक्तजनहरूकाे
सहभागिता भैरहेको छ ।
टाढा टाढाबाट आएका भक्तजनहरूले व्यक्तिगत र सामुहिक रूपमा साना देखि ठूला सवारीसाधन मार्फत गढिमाई पुगिरहेका छन् ।
दर्शन गर्न आउने भक्तजनहरूले ल्याएको सवारीसाधनकाे राख्नकाे लागि पार्किङकाे व्यवस्था पनि गरिएको छ ।
त्यसको लागि पार्किङकाे ठेक्का मनाेज जैसवालले
पाएका छन् ।
पार्किङ गरेवापत माेटरसाइकल र स्कुटर अर्थात दुई चक्केकाे ५० रूपैयाँ र चार चक्केकाे १०० रूपैयाँ लिने निर्णय मेला व्यवस्थापन समितिले गरेको छ ।
तर ठेक्का पाउने ठेकेदार मनाेज जैसवालले दुई चक्केकाे १०० र चार चक्केकाे २०० रूपैयाँ खुलेयाम रूपमा लिइरहेका छन् ।
त्यतिमात्र हाेइन पार्किङ बाहेक अन्यत्र राखिएका सवारीसाधनबाट समेत खुलेयाम रकम असुली गर्ने काम ठेकेदार जैसवालबाट भैरहेको छ ।
यसरी खुलेयाम ठगी गरेको बारेमा प्रहरी , ट्राफिक प्रहरीलाई बारम्बार भन्दा कुनै सुनुवाइ नभएको सवारीसाधनका मालिकहरू बताउँछन् । ठेकेदारकाे रकम उठाउन बसेका कामदारहरू भन्छन् , कंही रिपोर्ट गरेपनि केही हुदैन , हामीले प्रहरी र ट्राफिक प्रहरीलाई छुट्टै रकमको व्यवस्था गरेका छाैं ।
यसरी प्रहरीसंगकाे मिलिमताेमा ठगी भएको रहेछ भन्दै सवारीसाधनका चालकहरू बाटो लाग्ने गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles