Monday, June 30, 2025

लुम्बिनीले चितवनलाई दियो १६८ रनको चुनौती:

ताजा / भरखरै प्राप्त

नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको १६ औँ खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज खेलिरहेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा चितवनले १६८ रनको चुनौती पछ्याइरहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेललको कप्तानी इनिङ्समा ६ विकेटको क्षतिमा १६७ रन बनायो । रोहितले ५७ बलमा ८० रन बनाए । रोहितसँग मिलेर पाँचौँ विकेटका लागि ११४ रनको साझेदारी गर्ने क्रममा साद बिन जाफरले रनआउट हुनुपूर्व ३५ बलमा ५२ रन जोडे । चितवनका रिजन ढकालले ३ विकेट लिए । लगातार चार हारसहित सबैभन्दा कमजोर लुम्बिनी जितविहीन एकमात्र टिम हो ।
चितवन भने यो खेल जित्दा ५ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा पुग्नेछ ।
अंकतालिका
४ खेलमा ८ अंकसहित जनकपुर शीर्ष स्थानमा रहेको छ । ४ खेलबाट ६ अंकसहित सुदूरपश्चिम दोस्रो स्थानमा छ । ४ खेलबाटै ६ अंकको चितवन तेस्रो स्थानमा छ । कर्णाली याक्सको ४ खेलबाट ४ अंक छ भने पोखरा, काठमाडौँ र विराटनगरको २–२ अंक छ ।
अंकविहीन लुम्बिनी पुछारमा छ ।
यसअघिका खेल
–१५ औँ खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग ३३ रनले पराजित भएको छ ।
–१४ औँ खेलमा जनकपुर बोल्ट्सले सनसनीपूर्ण जित हासिल गरेको छ । जनकपुरले लुम्बिनी लायन्समाथि एक रनको सनसनीपूर्ण जित हासिल गरेको हो ।
–१३ औँ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ ।
–१२ औँ खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ ।
–११ औँ खेलमा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हासिल गरेको छ । पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको कीर्तिमानी जित हासिल गरेको हो । एन्द्रेस गोसले ५५ बलमा १०४ रन बनाए । यो पहिलो शतक हो ।
–दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो ।
– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो ।
– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।
–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।
– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।
– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो ।
– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।
–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।
–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।
पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles