Monday, June 30, 2025

वीरगन्जमा रास्वपा कार्यकर्ताहरुको प्रदर्शन:

ताजा / भरखरै प्राप्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का
सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा पर्साका कार्यकर्ताहरुले प्रदर्शनमा उत्रिएका
छन्।
सरकारी वकिल कार्यालय पर्सामा लामिछानेको बयान भइरहँदा उनका
समर्थकहरूले आज वीरगन्जमा प्रदर्शन गरेका छन् ।
उनीहरूले राजनीतिक प्रतिशोधविरुद्ध प्रदर्शन गरिएको बताएका
छन् ।
प्रदर्शनमा सहभागीहरूले ‘रवि लामिछानेलाई
न्याय दे, जनता झुक्याउन पाइँदैन, राजनीति
प्रतिशोध बन्द गर’लगायत प्लेकार्ड प्रदर्शन गरेका
थिए ।
पर्साको सानोपाइला सहकारीको रकम अपचलनका विषयमा बयानका लागि लामिछानेलाई हिजो सोमबार नै प्रहरीले पर्सा पुर्‍याइएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles