Monday, June 30, 2025

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ:

ताजा / भरखरै प्राप्त

आफ्नै आमाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेका छन् ।
६५ वर्षीया फुल कुमारी देबीको हत्या गरेको अभियोगमा विष्णु गाउँपालिका-६ सिमरा बस्ने ३२ वर्षीय भगलु मण्डललाई हिजो सोमबार बिहान प्रहरीले पक्राउ गरेका छन् ।

घरायसी बिवादको क्रममा भगलुले कुटपिट गर्दा फुल कुमारी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ सर्लाहीको इलाका प्रहरी कार्यालय फेन्हराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कुटपिटबाट गम्भीर घाइते भएकी फुल कुमारीको थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles