पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पर्सामा बयान लिने काम सकिएको छ ।
हिजो बिहान ९ बजे बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पुर्याइएका लामिछानेसँग १० बजेदेखि सुरु भएको थियो ।
दिउँसो २ बजे बयान सकिएको थियो ।
बयानका क्रममा लामिछानेसँग ५० वटा
भन्दा बढी प्रश्न गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
बयान सकेर लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको थियो । लामिछानेलाई आज कास्की पठाइने पर्सा प्रहरीले जनाएको छ ।
वीरगन्जस्थित सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको उजुरीमाथि अनुसन्धान गर्न लामिछानेलाई सोमबार वीरगन्ज पुर्याइएको
थियो ।
जिबी राई सञ्चालक
रहेको सो सहकारीका बचतकर्ताको झन्डै एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना भएको थियो । रकम हिनामिनाविरुद्ध प्रहरीमा उजुरी परेको र छानबिन समितिले समेत रवि लामिछाने समेतको संलग्नतामा झण्डै ८ करोड रुपैयाँ गोर्खा मिडियामा लगिएको भन्दै छानबिन र अनुसन्धानका लागि सिफारिस गरेको थियो ।