Sunday, June 29, 2025

स्वर्णिमलगायत रास्वपाका नेतालाई सर्वोच्चले भन्यो- अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ?

ताजा / भरखरै प्राप्त

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपसभापति स्वर्णिम वाग्लेलगायतका नेतालाई लिखित जवाफ माग
गरेको छ ।
न्यायाधीशहरू विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलबार विपक्षीहरूलाई लिखित जवाफ माग्ने आदेश
गरेको हो ।
सर्वोच्चले लिखित आदेश भने जारी गरिसकेको छैन ।
प्रहरीले पक्राउ गरेको र अदालतको अनुमतिमा म्याद थप भइसकेको व्यक्तिलाई रिहा गराउन दबाबस्वरुप सडक आन्दोलन गरेकोमा प्रश्न उठाइ अवहेलनाको कारबाही हुनुपर्ने भनी अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
मुद्दामा रास्वपाका सबै सांसदसहित २० जनालाई विपक्षी
बनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles