Monday, June 30, 2025

ठगीमा फरार रहेको जिबी राईको पासपोर्ट रोक्का:

ताजा / भरखरै प्राप्त

सहकारीको बचत रकम अपचलन गरी फरार रहेका जिबी राईको पासपोर्ट रोक्का
भएको छ ।
राहदानी विभागले राईको पासपोर्ट रोक्का गरेको हो ।जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले गरेको पत्राचारका आधारमा विभागले राईको पासपोर्ट रोक्का गरेको
बताइएको छ ।
राईको बैंक खाता, मालपोत लगायत विभिन्न स्थानमा पनि कारोबार रोक्का गर्न पत्राचार गरिएको छ ।
सहकारी ठगी प्रकरणमा फरार रहेका राईको राहदानी रोक्का भएसँगै उक्त राहदानीबाट हिँडडुल गर्न नमिल्ने
भएको छ ।
विभिन्न पाँच वटा सहकारी ठगीको मुख्य योजनाकार जीबी अहिलेसम्म फरार छन् ।सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका जीबीलाई ल्याउन भन्दै प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत १३ माघमा डिफ्युजन नोटिस जारी भएको थियो ।
तर उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles