Monday, June 30, 2025

ठगी प्रकरणमा परेका: पूर्वडीआईजी जोशी अस्पताल भर्ना,

ताजा / भरखरै प्राप्त

सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।बिहीबार साँझबाट जोशीलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले बताए । उनका अनुसार जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको छ ।बिहीबार स्वास्थय जाँचका लागि अस्पताल लगिएको थियो । सो क्रममा डाक्टर अस्पताल भर्ना गर्नुपर्ने बताएपछि उनलाई भर्ना गरिएको हो ।
जोशी ६ असोजमा काठमाडौंको शंखमुलबाट पक्राउ परोक थिए । त्यसयता उनी प्रहरी हिरासतमा छन् ।

उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles