Sunday, June 29, 2025

लुम्बिनी लायन्समाथि कर्णालीको जित:

ताजा / भरखरै प्राप्त

नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्समाथि कर्णाली याक्सले रोचक जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा
१२९ रनको लक्ष्य पाएको लुम्बिनी कर्णालीसँग ५ रनले पराजित भएको हो ।कर्णाली याक्सले दिएको १२९ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले निर्धारित २० ओभरमा १२३ रन मात्रै जोड्न सक्यो ।
कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक
४४ रन जोडे ।
उनले ३० बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४४ रन जोडेका हुन् ।
त्यसैगरी अर्जुन घर्तीले
२५ बलमा दुई चौका र १ छक्काको सहयोगमा २५ रन बनाए ।
ओपनर बाबर हायातले
२२ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे ।
त्यसैगरी अर्का ओपनर
देव खनाल ३ रनमा
आउट भएको थिए ।
चालडिक वाल्टनले १३
रन जोड्दा गुलसन झा ८ रनमा आउट भए हो ।
कप्तान सोमपाल कामीले ७ रन जोडेका छन् । आजको जितले कर्णाली प्लेअफको नजिक
पुगेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles