आकर्षक तलबमा जर्जिया पठाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा
एक जना पक्राउ
परेका छन् ।
पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका-१ का ३६ वर्षीय सुदीप घिमिरे
रहेका छन् । उनी काठमाडौंको गल्कोपाखाबाट बुधबार पक्राउ परेका हुन् ।
जर्जिया पठाइदिने भन्दै घिमिरेले दुई जनासँग १२ लाख १० हजार रुपैयाँ ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।