Monday, June 30, 2025

चारपाङ्ग्रे सवारीलाई आवतजावतमा रोक सीमावर्ती वासी चिंतित

ताजा / भरखरै प्राप्त

राैतहट जिल्लाको लतमरीको सिमा नाकामा चार पाङ्ग्रे गाडीहरूलाई आवत जावतमा प्रहरीले रोक लगाएको
बुझिएको छ ।

रौतहटको ईशनाथ नगरपालिका वाड नम्बर ४ लतमरी सिमानाका बाट केही दिन देखि चारपाङ्ग्रे सावारीसाधन लाई नेपाल–भारत आवतजावत गर्ने नेपाली र भारतीय नम्बर र नेपाली गाडी चारपांग्रे सवारीसाधन आवतजावतमा रोक लगाएका कारण बेटीरोटीको सम्बन्ध भएको भारतको सिमानाका किनारका स्थानीय वासी हरू लाई अवतजवत मा कठिनाई भईरहेले स्थानीय युवा नेता सेख सरफुदिनले बताउँछन् ।। अहिले दुवैतर्फ आवतजावत गर्ने कार र जिपलाई भनसार प्रमुख र सुरक्षाकर्मीले कडाइ गरेको स्थानीयहरूको बताउँछन् । विभिन्न बहाना बनाउँदै सुरक्षाकर्मीले पहिलेदेखि लतमरी बोर्डर बाट ओहोरदोहोर गर्ने कार, जिप लगायत सवारीसाधनलाई आवतजावतमा रोक लगाएपछि सीमावर्ती क्षेत्रका स्थानीय धेरैं पीडित पोख्दै छन् । खुला सिमानाका मा आवतजावत सहजता, सांस्कृतिक–धार्मिक एकात्मकताकै कारण सीमावर्ती भारतीय र नेपालीबीच सदियौंदेखि वैवाहिक सम्बन्ध गाँसिँदै आएको छ। यसलाई लिएर दुई देशका नागरिक ‘रोटीबेटी’को सम्बन्धलाई जोडिएको छ ।
भारत प्रवेश गर्ने नेपाली सवारीसाधनलाई मात्रै समस्या हुने भनिए पनि अहिले भारतीय नम्बर र नेपाली नम्बरका गाडीलाई समेत ईशनाथ नगरपालिका लतमरी बोर्डर बाट
नेपाल भारत तर्फ आउन जान रोक लगाउने सुरक्षाकर्मीहरू को कार्यप्रति सीमावर्ती स्थानीयहरूले
चिन्तित बनेका स्थानीय युवा सेख सरफुदिनले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles