Monday, April 21, 2025

पेट्रोलको मुल्यबढयो, डिजेलको मुल्यघटयो,

ताजा / भरखरै प्राप्त

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ, भने डिजेल र मट्टितेलको मूल्य घटाएका छन् ।
निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर
२ रुपैयाँ बढाएको र डिजेल र मट्टितेलमा प्रतिलिटर
२ रुपैयाँ घटाएका छन् ।

निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १ सय ५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १ सय ६१
रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १ सय ६२
रुपैया तोकेको छ ।
यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १ सय ४८
रुपैयाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर
१ सय ५० रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ५१ रुपैयाँ निर्धारण रूपमा
गरिएको छ ।
निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल
तोकेको छ ।
डिपोदेखि १५ किलोमिटरसम्मका लािग पेट्रोलियम पदार्थको
नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएका
छन् ।
इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा
२ रुपैयाँ २८ पैसा बढेको
र डिजेलमा प्रतिलिटर १ रुपैयाँ ४८ पैसा घटेकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट
पारेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles